logo
  • ३० चैत्र २०८२, सोमबार | Mon, 13 Apr 2026
  • अमरेश सिंहविरूद्ध आफ्नै कार्यकर्ताहरूले लगाए मुर्दावादको नारा

    • hamroserophero hamroserophero
    • ३० चैत्र २०८२ सोमबार
    अमरेश सिंहविरूद्ध आफ्नै कार्यकर्ताहरूले लगाए मुर्दावादको नारा

    ३० चैत – काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता समेत रहेका सांसद अमरेशकुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । महोत्तरीको जलेश्वरमा सिंहविरूद्ध रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

    सर्लाही–४ बाट निर्वाचित सांसद सिंह सोमबार महोत्तरी सदरमुकाम जलेश्वर पुगेर प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतका सरकारी कार्यालयका प्रमुखहरूसँग जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेका थिए ।

    कार्यालय प्रमुखहरूसँग छलफल गरिरहेकै बेला जिल्ला प्रशासन कार्यालय पुगेका रास्वपाका कार्यकर्ताहरूले उनीविरूद्ध नाराबाजी गरेका थिए । रास्वपाका कार्यकर्ताहरूले ‘अमरेश सिंह मुर्दावाद’लगायतका नारा लगाएका थिए ।

    अन्य क्षेत्रका सांसद महोत्तरी आएर स्थानीय नेता तथा कार्यकर्तासँग समन्वय नगरी सरकारी अधिकारीहरूसँग छलफल गरेको भन्दै उनीहरू असन्तुष्ट बनेका थिए ।

    प्रदर्शनकारीहरू बैठक कक्षभित्र प्रवेश गर्न खोजे पनि प्रहरीले उनीहरूलाई रोक्दै स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।



    hamroserophero hamroserophero    
  • ३० चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP