logo
  • २३ भाद्र २०८३, मंगलवार | Tue, 08 Sep 2026
  • त्रिभुवन विमानस्थलबाट थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय नागरिक पक्राउ

    २१ असार -काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

    थाइल्याण्डबाट ल्याइएको गाँजासहित लागु औषध नियन्त्रण ब्युरो शाखाले कोलकत्ता पश्चिम बंगाल ठेगाना भएका ५७ वर्षीय हरि क्षेत्रीलाई पक्राउ गरेको हो ।

    चेकजाँच गर्ने क्रममा चक्लेटको प्याकेटभित्र थाइल्यान्डको गाँजा २ केजी ८०० ग्राम भेटिएको जानकारी दिइएको छ ।

    उनी थाई एयरवेजको उडान नं. टीजी ३०९ मा थाइल्यान्डको बैंककबाट नेपाल आएका थिए।



    hamroserophero hamroserophero    
  • २१ असार २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP