logo
  • २५ भाद्र २०८३, बिहीबार | Thu, 10 Sep 2026
  • विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

    • hamroserophero hamroserophero
    • १८ असार २०८३ बिहीबार
    विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

    १८ असार – काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

    सम्पत्ति शुद्वीकरण कसुरमा पक्राउ परेका पौडेलमाथि अनुसन्धानका लागि बिहीबार विशेष अदालतले तेस्रोपटक ६ दिन म्याद थप गरेको हो ।

    विशेषका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थपिएको अदालत प्रशासनले जनाएको छ ।

    असार ८ गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो ।



    hamroserophero hamroserophero    
  • १८ असार २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP