९ पुष-काठमाडौं, जेनजी अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा तीन घण्टा बयान दिएका छन् ।
आयोगले यादवका नाममा पत्र पठाएपछि बुधबार आयोगमै पुगेर बयान दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका यादवले आफूसँग लिएको बयानलाई सकारात्मक सुरुवातका रूपमा लिएको बताए ।
“अब तत्कालीन प्रधानमन्त्री, त्यसबेलाका गृहमन्त्री तथा घटनासँग सरोकार राख्ने जो–जो जिम्मेवार छन्, सबैसँग पनि यसैगरी निष्पक्ष रूपमा बयान लिइनेछ भन्नेमा म आशावादी छु । न्याय र सत्यतर्फको यो प्रक्रिया निरन्तर अगाडि बढोस्,” उनले भने ।
उनले ११ बजेदेखि २ बजेसम्म बयान दिएको बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि आयोगको बयान लिने क्रम जारी छ ।
प्रतिक्रिया