logo
  • २९ भाद्र २०८३, सोमबार | Mon, 14 Sep 2026
  • घट्यो अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा

    • hamroserophero hamroserophero
    • १८ असार २०८३ बिहीबार
    घट्यो अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा

    १८ असार – काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर घटाउने निर्णय गरेको छ। इन्धनको मूल्यमा आएको कमीलाई आधार बनाउँदै यात्रुवाहक तथा मालवाहक सवारीको भाडा २ प्रतिशतले घटाइएको विभागले जनाएको हो।

    विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेपछि वैज्ञानिक भाडा निर्धारण प्रणालीअनुसार भाडा पुनरावलोकन गरिएको हो। यसअघि इन्धन महँगिँदा गरिएको आंशिक भाडा समायोजनलाई समेत ध्यानमा राखेर नयाँ दर कायम गरिएको बताइएको छ।

    नयाँ व्यवस्था अनुसार दुई वा दुईभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय रुटमा सञ्चालन हुने यात्रुवाहक बस, पहाडी क्षेत्रका मालवाहक सवारी तथा तराई क्षेत्रमा चल्ने मालवाहक सवारीमा समान रूपमा २ प्रतिशत भाडा कटौती लागू हुनेछ।

    विभागले संशोधित भाडादर असार १८ गतेदेखि कार्यान्वयनमा आउने जनाएको छ।



    hamroserophero hamroserophero    
  • १८ असार २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP