logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • कर्णालीमा मिनिबस दुर्घटना : एकजनाको शव फेला

    • hamroserophero hamroserophero
    • १८ असार २०८३ बिहीबार
    कर्णालीमा मिनिबस दुर्घटना : एकजनाको शव फेला

    १८ असार – काठमाडौं । कालिकोट जाँदै गरेको मिनिबस कर्णाली नदीमा खसेर भएको दुर्घटनामा एकजनाको शव फेला परेको छ ।

    आज बिहान साढे ११ बजे सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा नजिकबाट कर्णालीमा खसेको हो ।

    एक युवकको शव नदीको भिरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको पहिचान भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी नायब उपरीक्षक डीएसपीको नेतृत्वमा ३५ जनाको टोली उद्धार सामग्रीसहित परिचालन गरिएको छ।

    प्रहरीले खोजी कार्य जारी राखेको छ ।



    hamroserophero hamroserophero    
  • १८ असार २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP