logo
  • ३१ भाद्र २०८३, बुधबार | Wed, 16 Sep 2026
  • सुनिल शर्माको देउवालाई आग्रहः रोइलो छाडेर महाधिवेशनमा सहभागी हुन

    सुनिल शर्माको देउवालाई आग्रहः रोइलो छाडेर महाधिवेशनमा सहभागी हुन

    २७ पुष – काठमाडौं, आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी नेतृत्वमाथि कडा प्रश्न उठाएका छन् । शर्माले सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिका नेताहरूले कार्यकर्ताको भूमिकालाई अवमूल्यन गरेको आरोप लगाए ।

     

    टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत कार्यक्रम हेरिरहेका नेताहरूलाई लक्षित गर्दै उनले पूर्वदेखि पश्चिम र दार्चुलादेखि ताप्लेजुङसम्मबाट आएका कार्यकर्ता तथा नेताहरूको अनुहारले गिज्याइरहेको छ कि छैन भन्ने प्रश्न गरे ।

     

    शर्माले नेपाली कांग्रेस बुद्धका सन्तान भएको उल्लेख गर्दै पार्टीले हिंसा र झगडामा होइन, मध्यमार्गी विचार, सिद्धान्त र नीतिमा विश्वास गर्ने स्पष्ट पारे ।
    सभापति देउवाप्रति लक्षित गर्दै शर्माले उनको ऐतिहासिक योगदानको सम्मान गरे पनि अब जिम्मेवारीपूर्वक निर्णय लिन आग्रह गरे । देउवालाई ‘पिता समान नेता’ भन्दै उनले उमेर र समयको सन्दर्भ उल्लेख गर्दै कार्यकर्ताको भावनालाई ख्याल गर्नुपर्ने बताए ।

    उनले सभापति देउवालाई महाधिवेशन हल उद्घाटन उपस्थित हुन आग्रह गर्दै नेतृत्व चयनका लागि विभिन्न विकल्प खुला रहेको बताए । ‘चुनावमा हार्ने नेताहरूलाई समेत फूलमाला लगाएर सम्मानपूर्वक घरसम्म पु¥याउने पार्टी संस्कार रहेको उनको भनाइ थियो ।

     



    hamroserophero hamroserophero    
  • २७ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP