logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • एमाले संसदीय दलको नेतामा ‘बादल’ चयन

    • hamroserophero hamroserophero
    • १८ चैत्र २०८२ बुधबार
    एमाले संसदीय दलको नेतामा ‘बादल’ चयन

    १८ चैत- काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन् ।

    आज बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई दलको नेता चयन गरेको हो ।

    दलको नेताका लागि युवा सांसद सुहाङ नेम्वाङले दावी पेश गरेका थिए । बादल र सुहाङबीच निर्वाचनमार्फत प्रतिस्पर्धा गर्ने तय भएको थियो ।

    तर अन्त्यमा सुहाङले प्रस्तावक र समर्थक नपाउँदा बादल सर्वसम्मत दलको नेता चयन भएका हुन् ।



    hamroserophero hamroserophero    
  • १८ चैत्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP