logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने अदालतको आदेश

    रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने अदालतको आदेश

    ३ पुष – काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालत, बुटवल इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

     

    उच्चले बिगो बराबर धरौटी माग गर्ने आदेश गरेको हो । उच्चले धरौटी माग गरेपछि सो बराबरको रकम बुझाएर उनी थुनामुक्त हुने छन् । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो । उच्चले उनको हकमा आफ्नो दायित्व बराबरको विगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

     

    यो आदेशपछि नख्खु कारागारमा रहेका लामिछाने रिहा हुने छन् ।

    High Court orders release of Ravi on bail



    hamroserophero hamroserophero    
  • ३ पुष २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP