logo
  • १७ जेष्ठ २०८३, आईतवार | Sun, 31 May 2026
  • ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    • hamroserophero hamroserophero
    • २७ बैशाख २०८३ आईतवार
    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    २७ वैशाख -काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८५४ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ४ लाख ४८ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक संकेत उल्लंघनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका १ हजार ९०४ जनालाई कारबाही गरिएको हो ।

    facebook sharing button
    twitter sharing button
    messenger sharing button
    whatsapp sharing button
    viber sharing button



    hamroserophero hamroserophero    
  • २७ बैशाख २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP