logo
  • १८ जेष्ठ २०८३, सोमबार | Mon, 01 Jun 2026
  • धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते

    • hamroserophero hamroserophero
    • २७ बैशाख २०८३ आईतवार
    धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते

    २७ वैशाख- जनकपुर । धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् ।

    मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिकै पूर्व–पश्चिम सडक खण्डमा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५२३७ नम्बरको बसले अर्को बसलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई पल्टिँदा बसमा सवार ३३ जनामध्ये चालकसहित १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    घाइतेहरुको मोडल अस्पताल लालगढ धनुषामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



    hamroserophero hamroserophero    
  • २७ बैशाख २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP