१२ जेठ -पर्सा । दुर्गा प्रसाईलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
पर्सा जिल्ला अदालतका न्यायाधीस गायत्रीप्रसाद रेग्मीको इजलासले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईँलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
प्रहरीले उनलाई जेठ ४ गते वीरगञ्जको दियालो होटलबाट पक्राउ गरिएको थियो । प्रसाईँमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
राज्यका निकायहरू सेना, प्रहर र प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछानेलगायतको मानमर्दन गरेर टिप्पणी गरेको आरोप उनीमाथि छ ।
प्रतिक्रिया