logo
  • १ बैशाख २०८३, मंगलवार | Tue, 14 Apr 2026
  • इरानी आक्रमणबाट साउदीमा रहेको अमेरिकी बोइङ ई–३ विमान ध्वस्त

    • hamroserophero hamroserophero
    • १६ चैत्र २०८२ सोमबार
    इरानी आक्रमणबाट साउदीमा रहेको अमेरिकी बोइङ ई–३ विमान ध्वस्त

    १६ चैत – काठमाडौं,  इरानले साउदी अरेबियामा रहेको अमेरिकी हवाई अड्डामा ब्यालिस्टिक मिसाइल आक्रमण गर्दा अमेरिकी बोइङ ई–३ सेन्ट्री विमान ध्वस्त भएको छ ।

    वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार आक्रमणमा अमेरिकाको बोइङ ई–३ सेन्ट्री विमान ध्वस्त भएको हो ।

    यस्तै, मिसाइल र ड्रोनबाट आक्रमण गरेर धेरै अमेरिकी विमानहरू ध्वस्त पारेको इरानले दाबी गरेको छ ।

    इरानको सरकारी टेलिभिजन प्रेस टिभीका अनुसार आक्रमण शुक्रबार अमेरिकी सेना तैनाथ रहको प्रिन्स सुल्तान एयर बेसमा भएको हो । रिपोर्टका अनुसार इरानले आक्रमणमा छ वटा ब्यालिस्टिक मिसाइल र २९ वटा ड्रोन प्रहार गरेको थियो ।

    आक्रमणमा १५ अमेरिकी सैनिक घाइते भएका छन् । तर अमेरिकी केन्द्रीय कमान्डले अहिलेसम्म आधिकारिक रूपमा आक्रमण भएको पुष्टि गरेको छैन ।



    hamroserophero hamroserophero    
  • १६ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP