logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • चीनले जनायो इरानका सुरक्षा प्रमुख लारिजानीको हत्याप्रति आपत्ति

    • hamroserophero hamroserophero
    • ५ चैत्र २०८२ बिहीबार
    चीनले जनायो  इरानका सुरक्षा प्रमुख लारिजानीको हत्याप्रति आपत्ति

    ५ चैत- काठमाडौँ,  इरानका सुरक्षा प्रमुख अली लारिजानीको हत्या भएको घटनाप्रति चीनले आपत्ति जनाएको छ ।

     

    चीनले उच्च तहका नेताको हत्या गर्नु र सर्वसाधारणलाई निशाना बनाउनु गलत भएको स्पष्ट पारेको छ । चीनका प्रवक्ता लिन जियानले यस्ता घटनाले विश्वमा तनाव अझ बढाउने बताएका छन् ।इजरायलको आक्रमणमा लारिजानीको मंगलबार मृत्यु भएको थियो भने बुधबार इरानको इस्लामिक क्रान्तिकारी गार्डले  लारिजानीको मृत्युको पुष्टि गरेको थियो ।

     

    त्यस्तै इजरायलको आक्रमणमा इरानका गुप्तचर मन्त्री इस्माइल खातिब र रक्षामन्त्री अजीज नासिरजादेहको पनि मृत्यु भएको छ ।



    hamroserophero hamroserophero    
  • ५ चैत्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP