१७ फागुन -पोखरा, पुलमुनि सुटकेसमा युवतीको शव भेटिएको हो। घटना पोखरा महानगरपालिका-१७ चितेपानीको भन्ने खोलाको हो ।
कपडाले बेरेको अवस्थामा सुटकेस देखेपछि आइतबार बिहान ८ बजेतिर स्थानीहरूले प्रहरीलाई खबर गरेको थिए। सुटकेस खोलेर हेर्दा घाँटी काटिएको अवस्थामा युवतीको शव फेला परेको हो,अहिलेसम्म युवतीको पहिचान खुलेको छैन।
युवती अन्दाजी २३ देखि २५ वर्ष उमेरकी छन्। उनको साथबाट मेडिकल कार्ड फेला परेको छ। उक्त कार्डमा मनिषा विक लेखिएको छ। अहिलेसम्म उनको आफन्तहरू कोही पनि आएका छैनन्। त्यसैले युवतीको पहिचान प्रष्ट नभएको हो।
युवतीको शव पोस्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। युवती केही महिनाअघि मात्र एक पुरूषसँग पोखरा ड्यामसाइडकै एउटा घरमा कोठा भाडामा लिएर बस्ने गरेको खुलेको छ। उनीहरूले जापानी भाषा सिक्ने भनेर भाडामा बस्न थालेको प्रहरी अनुसन्धानमा खुलेको छ।
युवतीसँगै बस्ने भनिएका पुरूष फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया