logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु

    • hamroserophero hamroserophero
    • १३ फाल्गुन २०८२ बुधबार
    ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु

    १३ फागुन -हेटौँडा,  पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

     

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक पुष्कर बोगटीका अनुसार, हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले  ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र त्यसमा सवार १८ वर्षीय  अमोश थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ठक्कर दिने ट्रक र त्यसका चालकको खोजी जारी रहेको उनले जानकारी दिए ।

    -रासस



    hamroserophero hamroserophero    
  • १३ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP