logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • महिलामन्त्री बादीको सम्पत्ति : १८ तोला सुन, २० वटा कुखुरा र एउटा कुकुर

    • hamroserophero hamroserophero
    • २९ चैत्र २०८२ आईतवार
    महिलामन्त्री बादीको सम्पत्ति : १८ तोला सुन, २० वटा कुखुरा र एउटा कुकुर

    २९ चैत-काठमाडौं,  महिला तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

    आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसअनुसार बादीको १८ तोला सुन रहेको छ ।

    यस्तै, चाँदी १५ तोला र ५० हजार नगद रहेको विवरणमा उल्लेख गरिएको छ । उनले एनआईसी एसिया र प्रभु बैंकमा १५ लाख नगद मौज्दात रहेको विवरण बुझाएकी छन् ।

    आफ्नो र श्रीमानको नाममा स्कुटर र मोटरसाइकल एक–एक थान रहेको विवरण पनि उनले बुझाएकी छन् । २० वटा कुखुरा र एउटा कुकुर रहेको विवरण पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ ।



    hamroserophero hamroserophero    
  • २९ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP