logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • डोटी जिप दुर्घटनामा ४ जना घाइते

    • hamroserophero hamroserophero
    • १० फाल्गुन २०८२ आईतवार
    डोटी जिप दुर्घटनामा ४ जना घाइते

    १० फागुन -डोटी, जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको हो ।

    प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन् । उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातीमा चोट लागेको छ ।

    यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ वर्षीय तिर्थ बोगटी र वडा नं. ३ मेल्टाका १९ वर्षीय शारदा साउद पनि घाइते भएका छन् ।प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि कैलालीको मायामेट्रो अस्पताल पठाइएको छ ।

     

    बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।



    hamroserophero hamroserophero    
  • १० फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP