logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • टाटासुमो दुर्घटनाहुँदा चालकसहित ६ घाइते्

    • hamroserophero hamroserophero
    • १३ फाल्गुन २०८२ बुधबार
    टाटासुमो दुर्घटनाहुँदा चालकसहित ६ घाइते्

    १३ फागुन-नुवाकोट,  थानसिङमा यात्रुवाहक टाटासुमो दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।

    नुवाकोटको लिखु गाउंपालिका– ६ थानसिङस्थित फंगटेमा वुधवार दुर्घटनाग्रस्त भएको हो । दुप्चेश्वरबाट काठमाडौतर्फ जाँदै गरेको ना १ ज ६६६५ नम्बरको टाटासुमो टोखा–छहरे सडकखण्डको उक्त स्थानमा पुगेपछि अनियन्त्रित भई खेतमा पुगेर दुर्घटनाग्रस्त भएको हो ।

    उक्त गाडी सडबाट दुई मिटर तल पुगेर दुर्घटनाग्रस्त हुँदा गाडीका चालकसहित त्यसमा सवार ६ जना घाइते भएको हो। स्थानीयवासी, प्रहरीले उद्धार गरि तत्काल उपचारको लागि स्थानीय स्वास्थ्यसंस्थामा पठाएकोमा प्राथमिक उपचारपश्चात थप उपचारको लागि ६ जनालाई नै काठमाडौको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगेर उपचार सुरु गरिएको छ ।

     

     



    hamroserophero hamroserophero    
  • १३ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP