logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • बस पल्टिपछि सडकबाट तल खस्यो

    • hamroserophero hamroserophero
    • १७ माघ २०८२ शुक्रबार
    बस पल्टिपछि सडकबाट तल खस्यो

    १६ माघ – धनकुटा, छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमाना पर्ने त्रिशुलेमा को १ ख ५१०५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।

    तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस त्रिशुलेमा आइपुगेपछि अनियन्त्रित भएर सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो ।

    सो दुर्घटनामा घाइते भएकाहरू हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार सो बसमा सवार १५ जना थिए । बस चालक सुनसरीको धरान उपमहानगरपालिका–७ का विष्णु थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हिलेले चालक थापालाई नियन्त्रण रहेर अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • १७ माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP