logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • घरभित्र पसेको चितुवाको आक्रमणमा दुई जना घाइते

    • hamroserophero hamroserophero
    • १० फाल्गुन २०८२ आईतवार
    घरभित्र पसेको चितुवाको आक्रमणमा दुई जना  घाइते

    १० फागुन-काठमाडौँ, आइतबार एक घरभित्र चितुवा पसेपछि दुई जना घाइते भएका छन्। घटना काठमाडौँ महानगर क्षेत्रसँग जोडिएको तारकेश्वर नगरपालिका–९ मा भएको हो

    स्थानीय बासिन्दाको घरमा पसेको चितुवाले आक्रमण गर्दा दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका हुन्। महर्जनको टाउको र हातमा सामान्य चोट लागेको छ भने वाग्लेको हातमा चोट लागेको प्रहरीले जनाएको छ।

    घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनापछि चितुवालाई घरभित्रै थुनेर राखिएको र नियन्त्रणका लागि वन कार्यालयको टोली बोलाइएको प्रहरीले जानकारी दिएको छ।



    hamroserophero hamroserophero    
  • १० फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP