logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • झण्डा जलाउने रास्वपाका रहनेछन् भने कारबाही हुने रवि लामिछानेको भनाई

    • hamroserophero hamroserophero
    • ८ फाल्गुन २०८२ शुक्रबार
    झण्डा जलाउने रास्वपाका रहनेछन् भने कारबाही हुने रवि लामिछानेको भनाई

    ८ फागुन -काठमाडौं , राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले) को झण्डा जलाउने रास्वपाका कार्यकर्ता भए कारबाही गर्ने बताएका छन् ।

    दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राजनीतिक दलको झण्डालाई जलाउने रास्वपाको चरित्र नभएको बताउँदै कारबाही गर्ने स्पष्ट पारेका हुन् ।

    उनले घुसपैठ गरेर रास्वपालाई दोष लगाउन खोजिएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन् ।

    उनले भने, कसैले जलायो च्यातयो भन्ने कुरा आएको छ । त्यो रास्वपाको चरित्र होइन, रास्वपाको कसैले गरेको रहेछ भने कारवाही हुन्छ । तर आफैं घुसपैठ गरेर हामीलाई दोसाउन खोजेको, कागले खाएर पिना सुकाउने हो भने होसियार ! रास्वपाले गरेको रहेछ भने कारवाही हुन्छ । तर रास्वपाले गरेको होइन रहेछ, यसो बिथोल्न पाइने रहेछ भनेर आँखा चम्काएको हो भने चाहिँ नचम्काए हुन्छ ।’



    hamroserophero hamroserophero    
  • ८ फाल्गुन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP