logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • दुर्गा प्रसाईंले भने, बालेन प्रधानमन्त्री बन्ने हो भने पहिले जेनजीका माग पूरा गर्नुपर्छ

    दुर्गा प्रसाईंले भने, बालेन प्रधानमन्त्री बन्ने हो भने पहिले जेनजीका माग पूरा गर्नुपर्छ

    २२ पुष – काठमाडौं,  दुर्गा प्रसाईँले काठमाडौं महानगरप्रमुख बालेन शाहलाई चुनाव लड्ने र देशको प्रधानमन्त्री बन्ने हो भने पहिला जेनजीको माग पूरा गर्न चुनौति दिएका छन् ।

    मंगलबार जेनजी र महाअभियानसहित राष्ट्रवादी समूहहरुको संयुक्त जनआन्दोलन घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने,‘म २३ गतेको आन्दोलनमा सहभागी हुँदा बालेनजीले कुनै राजीतिक दलका नेता र बैलाहा अभियान्ताहरु नआउनुहोला भन्नुभयो । म होइन तपाई बौलाहा हो । तपाईलाई चुनाव लड्ेर देशको प्रधानमन्त्री बन्ने इच्छा छ भने पहिला जेनजीको माग पूरा गर्नुहोस् ।’

    त्यस्तै उनले जेनजी अगुवा रक्षा बमप्रति पनि आलोचना गरेका छन् ।

    ‘विश्वमा चिनिने एउटा सगरमाथा हो अर्को सिंहदरबार । तर सिंहदरबारमा आगो योजना बनाएर लगाइयो । आगो लगाइएको सिंहदरमा अगाडि गएर एउटा फोटो खिच्ने लड्कीलाई जेनजीको लिडर मानियो । मिडियाहरुले लिडर भन्दै लेखेका छन् । जेनजीहरु आज छटपटाएर हस्पिटलमा छन् तर मिडियाहरुले उनीहरुको बारेमा लेख्दैन्,’उनले भने

    प्रसाईँले आफूले जेनजीहरुलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग नगरेको बताउँदै जेनजीहरुलाई अगाडि सारेर पछाडि गोठालोको काम गर्न आफू तयार रहेको बताए ।

    ‘जेनजीहरुलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग गरेको छैन् । जेनजीहरुलाई अगाडि सारेर म पछाडि गोठालोको काम गर्ने छु,’ उनले भने । उनले मेयर शाहलाई गरिव होईन् गरिवी हटाउने सोच लिएर आउन सुझाए ।



    hamroserophero hamroserophero    
  • २२ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP