logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

    गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

    ८ माघ- काठमाडौं, बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्वपूर्ण तीन निर्णयहरू सार्वजनिक गरेको छ ।

     

    बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो निर्णयका रूपमा अर्थ मन्त्रालय अन्तर्गतको सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी गराए ।

     

    त्यसैगरी दोस्रो निर्णय गृहमन्त्रालय अन्तर्गत रहेको जाँचबुझ आयोगसँग सम्बन्धित छ । २०८२ भदौमा गठित उक्त आयोगको कार्यम्याद २० दिन थप गर्ने निर्णय गरिएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।



    hamroserophero hamroserophero    
  • ९ माघ २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP