logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • रवि लामिछाने भन्छनः बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ

    रवि लामिछाने भन्छनः बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ

    ८ पुष – काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउने भन्ने खालको छलफलमा प्रवेश नै नगरेको बताएका छन् ।

    अदालतको तारेखमा हाजिर हुन भैरहवा जान लागेका उनले आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै हिजोको भेटमा एक अर्कालाई बुझ्ने कुरामा मात्रै केन्द्रित भएको बताए ।

    बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘हामी त्यसमा प्रवेश गरेका छैनौँ । पहिले त थाहा पाउनुप¥यो। कुराकानी हुनुपप¥यो। के कस्तो छ भन्ने बुझ्नु प¥यो । एक अर्कासँग परिस्थितिबारे जानकारी लिनुप¥यो ।’

    सोमबार काठमाडौँमा बालेन र रविबीच छलफल भएको थियो। लामिछानेले विस्तारै राजनीतिक विषयमा प्रवेश गर्ने बताए । ‘विस्तारै राजनीतिक कुरामा हामी प्रवेश गर्छौंँ,’ उनले भने ।



    hamroserophero hamroserophero    
  • ८ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP