२९ चैत-काठमाडौं, प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएको छ ।
आइतबार सम्पत्ति विवरण सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको हो । सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको खातामा एक करोड ४६ लाख रुपैयाँ रहेको छ।
उनले उक्त रकम फेसबुक, युट्युव, टिकटक लगायतबाट आम्दानी गरेको उल्लेख छ । यस्तै, प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी र हिराका गहना रहेको छ । उक्त गहनाको स्रोत पैत्रिक रहेको उल्लेख गरिएको छ ।
यस्तै, काठमाडौँ महानगरपालिका ९ मा ध्रुवतेली शाहको नामा ५ आना र धनुषामा १.२ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ विघा जग्गा रहेको छ ।
प्रतिक्रिया