३ वैशाख – काठमाडौं, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक आइडी गायब भएको छ ।
उनको फेसबुक आइडी हर्क साम्पाङ अ रिभोलुसन नामक फेसबुक आइडी गायब भएको हो । उनको आइडी ससपेन्डेड भएको बुझिएको छ ।
श्रम संस्कृतिका उपमहासचीव समीर तामाङले धेरै रिपोर्ट भएर फेसबुक ससपेन्डेड भएको हो । उनले भने, ‘रिपोर्ट भएर ससपेन्डेड भएको रहेछ । आइडीलाई फिर्ता ल्याउने कोसिस गरिरहेका छौं।’
प्रतिक्रिया