logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • सभामुख घिमिरेले भनेः संघीय संसद सचिवालयको स्थायी खम्बा हो

    • hamroserophero hamroserophero
    • २९ मंसिर २०८२ आईतवार
    सभामुख घिमिरेले भनेः संघीय संसद सचिवालयको स्थायी खम्बा हो

    २८ मंसिर- काठमाडौं, १९ औँ संघीय संसद सेवा दिवस, २०८२ को मूल समारोहमा बोल्दै विगठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको भूमिका महत्वपूर्ण र प्रभावकारी भूमिका रहने बताएका छन।

     

    उनले संघीय संसद सचिवालयलाई स्थायी खम्बा भन्दै यसको भूमिकामा जोड दिएका छन । साथै सभामुख घिमिरे संसदीय कर्मचारीको कलममा राजनीतिक आग्रह देखिन नहुने भन्दै संविधान र नियमावलीको अक्षर देखिनुपर्ने बताए । यस्तै उक्त समारोहमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशमा व्यापक भ्रष्टाचारको विषय उठाउँदै सबै पक्षले गम्भीर भएर काम गर्नुपर्ने बताए ।

    साथै उनले यसमा संघीय संसदमा आवद्ध सबै पक्ष एकतावद्ध भएर झनै गम्भिर बन्न आवश्यक रहेको बताए ।



    hamroserophero hamroserophero    
  • २९ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP