logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदले राखेका प्रश्नको जवाफ दिने

    • hamroserophero hamroserophero
    • ६ भाद्र २०८१ बिहीबार
    प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदले राखेका प्रश्नको जवाफ दिने

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।  बैठक दिउँसो १ बजे बस्नेछ  ।

    सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची  छ । धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

    यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन्। यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूचीमा जनाइएको छ। अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ।

    प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ।  त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।



    hamroserophero hamroserophero    
  • ६ भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP