logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • दार्चुलाबाट दिलेन्द्रप्रसाद बडूको नाम एकल सिफारिस

    • hamroserophero hamroserophero
    • २७ मंसिर २०८२ शुक्रबार
    दार्चुलाबाट दिलेन्द्रप्रसाद बडूको नाम एकल सिफारिस

    २६ मंसिर – दार्चुला, अब हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ दिलेन्द्रप्रसाद बडूको नाम एकल सिफारिस भएको छ ।

     

    कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको नाम एकल सिफारिस गरेको कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराले बताएका छन । समानुपातिकतर्फ करबिरसिंह कार्की, महिलाबाट आनन्दी पन्त भट्ट, राष्ट्रिय सभाको लागि पुरुषतर्फ महादेव बडु, गणेशराज भट्ट, चन्द्रसिंह सामन्त र महिलातर्फ द्रोपती डाँगा, विसन्ता सिनाल, शान्ति कार्की र देउमा लोथ्यालको नाम सिफारिस गरिएको हो ।



    hamroserophero hamroserophero    
  • २७ मंसिर २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP