logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • सरकार भ्रष्टाचारविरुद्ध आफ्नो कठोर कदमबाट पछि हट्दैनः प्रधानमन्त्री कार्की

    • hamroserophero hamroserophero
    • २४ मंसिर २०८२ मंगलवार
    सरकार भ्रष्टाचारविरुद्ध आफ्नो कठोर कदमबाट पछि हट्दैनः प्रधानमन्त्री कार्की

    २३ मंसिर- काठमाडौं, सरकार भ्रष्टाचारविरुद्ध कठोर कदमबाट पछि नहट्ने प्रधानमन्त्री सुशीला कार्कीले चेतावनी दिएकी छिन्।

     

    मंगलबार भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार चुनावी उद्देश्य मात्र नभएको बताउँदै ‘सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार’भएकाले भ्रष्टाचार विरुद्ध कठोर हुने बताइन्।

     

    ‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन,’ ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ।’ उनकको भनाई रहेको छ ।



    hamroserophero hamroserophero    
  • २४ मंसिर २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP