logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • दुर्गा प्रसाईंको सरकारलाई चेतावनीः माग सम्बोधन नगरे वार्ता तोडिछौ

    दुर्गा प्रसाईंको  सरकारलाई चेतावनीः   माग सम्बोधन नगरे वार्ता तोडिछौ

    २० पुष- काठमाडौं,  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना माग सरकारले सम्बोधन नगरे वार्ता तोडिने चेतावनी दिएका छन् ।

    आज काठमाडौंमा आयोजित राष्ट्रिय संकल्प : पृथ्वीपथ विषयक कार्यक्रममा उनले आफ्ना मागका बारेमा सरकारलाई औपचारिक रूपमा जानकारी गराइसकेको बताए । सरकारसँगको वार्ता सफल नभए आन्दोलनमा जान आफू तयार रहेको उनले उल्लेख गरे ।

     

    “भरे नै पनि वार्ता तोडिन सक्छ, कम से कम वातावरण बनाउनुहोस्,” उनले भने, “आन्दोलनमा जानको लागि दुर्गा प्रसाईं जहाँ पनि जतिखेर पनि जस्तोसुकै गर्नलाई तयार छ ।”

    प्रसाईंले समान विचार भएकाहरू एकै ठाउँमा आएर आफ्ना एजेन्डा पूरा गर्न दबाब दिनुपर्ने धारणा राखे ।

    उनले मुलुक अप्ठ्यारो अवस्थामा रहेकाले देशबाहिर रहेका युवा फर्केर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताए ।

     



    hamroserophero hamroserophero    
  • २० पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP