logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • नेपाल लघुवित्त कर्मचारी संघ जिल्ला कार्य समिति गोरखाको अध्यक्षमा न्यौपाने निर्विरोध

    नेपाल लघुवित्त कर्मचारी संघ जिल्ला कार्य समिति गोरखाको अध्यक्षमा न्यौपाने निर्विरोध

    गोरखा । नेपाल लघुवित्त कर्मचारी संघ जिल्ला कार्य समिति गोरखाको अध्यक्षमा सबिन न्यौपाने चयन हुनुभएको छ । संघको तेस्रो महाधिवेशनमा न्यौपानेलाई सर्वसम्मत चयन गरिएको हो । शनिबार भएको कर्मचारीहरुको भेलाले सविन न्यौपानेसहित ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।

    समितिको वरिष्ठ उपाध्यक्षमा सरोज तामाङ, उपाध्यक्षमा बिष्णु गौतम ,कोषाध्यक्षमा अस्मि परियार , सचिवमा गोपाल सुनार, सहसचिवमा इन्द्र हमाल चयन भएका छन्। त्यस्तै समितिका सदस्यहरुमा गोकुल रेग्मी,धन माय मगर,सम्झना गुरुङ,ज्ञानेन्द्र पाठक, हरि प्रसाद घिमिरे चयन भएका छन् । नेपाल लघुबित्त कर्मचारी संघ जिल्ला कार्यसमिति गोरखाका निर्वातमान अध्यक्ष अन्जन भट्टले पदभार हस्तान्तरण गरि नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामनासहित बधाई दिनुभयो । कार्यसमितिले संस्थामा आवद्ध कर्मचारीहरुको पेशागत हकहित, आफु कार्यरत संस्थाहरुको संस्थागत हकहित र व्यवसायी ग्राहक सदस्यहरुको व्यवसायिक हकहितका विषयमा काम गर्ने जनाएको छ ।

    लघुबित्त संस्थालाई समाजमा गलत बुझाईको कारण नकारात्मक असर परेकोले अब सदस्यको हकहित, र जिल्लामा सामाजिक संघ संस्था सङ समन्वय गरि सामाजिक उत्तरदायी कार्यक्रम गरि जिल्लामा छुट्टै प्रभाव पर्ने गरी काम गर्नु पर्ने कुरा निवार्तमान अध्यक्ष भट्टले बताउनुभयो ।उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष अन्जन भट्ट र निवर्तमान सह सचिव गोविन्दप्रसाद भट्ट कामको शिलसिलामा गोरखाबाट अन्यत्र जिल्लामा जान लाग्नु भएको हुँदा ससम्मान विधाई तथा नयाँ कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।



    hamroserophero hamroserophero    
  • ९ मंसिर २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP