logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आज सुन २० हजार ५०० रुपैयाँले बढ्यो

    आज सुन २० हजार ५०० रुपैयाँले बढ्यो

    १५ माघ-काठमाडौं , नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य ह्वात्तै बढेको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । योसँगै सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो बुधबार सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो ।

    त्यसैगरी, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला सात हजार ३०० रुपैयाँ थियो ।



    hamroserophero hamroserophero    
  • १६ माघ २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP