२५ चैत -काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी भएको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट मंगलबार पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल झिकाउन रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढेको हो ।
देउवा दम्पती हाल हङकङमा छन्। उपचारका लागि सुरुमा सिंगापुर गएका देउवा र सुरुमा दिल्ली पुगेकी आरजु त्यसपछि हङकङ गएका थिए।
भदौ २४ गते जेनजी आन्दोलनको बेला उनीहरुको घरमा नगद जलेको थियो।
प्रतिक्रिया