logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • परराष्ट्रमन्त्री डा. देउवा भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान

    परराष्ट्रमन्त्री डा. देउवा भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मित्र राष्ट्र भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

    भारतीय समकक्षी डा. एस जयशङ्करको निमन्त्रणामा देउवा चार दिने भारत भ्रमणमा निस्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।भ्रमणका क्रममा मन्त्री देउवाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धनबारे छलफल गर्ने बताइएको छ।

    दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ। मन्त्री देउवा भदौ ६ गते स्वदेश फर्कने तालिका रहेको छ।



    hamroserophero hamroserophero    
  • २ भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP