logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • रुसमा ७ म्याग्निच्युडको भूकम्प पछि ज्वालामुखी विष्फोट

    रुसमा ७ म्याग्निच्युडको भूकम्प पछि ज्वालामुखी विष्फोट

    काठमाडौं । रुसमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

    अधिकारीहरुका अनुसार आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसको सरकारी सन्चार माध्यम तासले जनाएको छ । त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ । त्यहाँबाट लावा पनि बाहिरिएको छ ।



    hamroserophero hamroserophero    
  • २ भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP