logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो

    • hamroserophero hamroserophero
    • २८ मंसिर २०८२ शनिबार
    इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो

    काठमाडौ । इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ ।

    बाढी र पहिरोमा परि अझै २ सय १८ जना बेपत्ता रहेका इन्डोनेशियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) लाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    एजेन्सीका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ भने उद्धार कार्य अझै चलिरहेको छ । बीएनपीबीको तथ्याङ्क अनुसार झन्डै १ हजार २०० सार्वजनिक सुविधाका साथै २१९ स्वास्थ्य सुविधा, ५८१ शैक्षिक सुविधा, ४३४ मन्दिर, २९० कार्यालय भवन र १४५ पुल क्षतिग्रस्त भएका छन् ।

    यसैबीच इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले विपद् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायको विभिन्न आधारभूत आवश्यकता पूरा गर्न काम गरिरहेको बताए।

    उनले सबै नागरिकलाई स्थिर रहन र सामान्यीकरणको प्रक्रियामा आफ्नो उत्साह कायम राख्न आह्वान गर्दै बालबालिकाका लागि पढाइ र सिकाइ लगायत सामुदायिक गतिविधिहरू चाँडै सामान्य अवस्थामा फर्कन सक्ने आशा व्यक्त गरे ।



    hamroserophero hamroserophero    
  • २८ मंसिर २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP