इलाम । इलाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा माई नरपालिका १० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीरहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको हो ।
घाइते हुनेमा सोहि स्थानका ३२ वर्षीय विनोद लिम्बू र १६ वर्षीय रोशन लिम्बू रहेका छन् । उनीहरु तिनै जना ना ४८ प ८६३८ नम्बरको मोटरसाइकलमा सवार थिए ।
उनिहरु झापाबाट माई नगरपालिका २ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।
प्रतिक्रिया