logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • राष्ट्रियसभा बैठक आज बस्दै (यस्तो छ कार्यसूची )

    • hamroserophero hamroserophero
    • ६ भाद्र २०८१ बिहीबार
    राष्ट्रियसभा बैठक आज बस्दै (यस्तो छ कार्यसूची )

    काठमाडौं । राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।

    मन्त्री चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बैठक सुरु हुनेछ ।



    hamroserophero hamroserophero    
  • ६ भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP