logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन

    • hamroserophero hamroserophero
    • २६ बैशाख २०८३ शनिबार
    ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन

    २६ वैशाख-काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख १२ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता ८७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २१० जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने ५७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९६, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९ जनालाई कारबाही गरिएको हो ।



    hamroserophero hamroserophero    
  • २६ बैशाख २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP