logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • पेस्तोल कञ्चटमा राखेर गहना लुटपाट पर्ने ३ जना प्रहरी नियन्त्रणमा

    • hamroserophero hamroserophero
    • २३ बैशाख २०८३ बुधबार
    पेस्तोल कञ्चटमा राखेर गहना लुटपाट पर्ने ३ जना प्रहरी नियन्त्रणमा

    २१ वैशाख- काठमाडौं , इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल देखाएर लुटपाट प्रयास गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भक्तपुर ठिमीका विकेश राजवाहक, काठमाडौं डल्लुका अरुण भुजेल र ललितपुर महालक्ष्मीका हरिकृष्ण महर्जन छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छुट्टाछुट्टै पक्राउ गरेको हो ।

    गत १७ वैशाखमा उनीहरूले इन्द्रचोकको ज्वेलरी पसलमा पेस्तोल ताकेर लुट्ने प्रयास गरेका थिए, तर पसलकी महिलाले प्रतिकार गरेपछि भागेका थिए ।उक्त घटना भिडियोमा कैद भई भाइरल बनेको थियो ।

    यसअघि यही समूहले पुस २१ गते काठमाडौं मांसान गल्लीमा रहेको होलसेल पसलबाट सुन, नगद, मोबाइल र सीसीटीभी उपकरण लुटेको पनि खुलेको प्रहरीले जनाएको छ ।

    उनीहरूबाट चाइनिज पेस्तोल, गोली, म्यागजिन, घटनामा प्रयोग भएका कपडा र स्कुटर समेत बरामद गरिएको छ ।



    hamroserophero hamroserophero    
  • २३ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP