logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • चट्याङ लागेर बाजुरामा वृद्धको मृत्यु

    • hamroserophero hamroserophero
    • २१ बैशाख २०८३ सोमबार
    चट्याङ लागेर बाजुरामा वृद्धको मृत्यु

    २१ वैशाख-बाजुरा,  बूढी नन्दा नगरपालिकामा चट्याङ लागेर एक जना वृद्धको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा बूढी नन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन् ।

    उनका अनुसार पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।



    hamroserophero hamroserophero    
  • २१ बैशाख २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP