logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

    २ वैशाख – कैलाली, धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने ५० वर्षीय मखमल चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा  मखमल समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार ७ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP