logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • यसवर्षको पीएम कप चैत ७ देखि

    • hamroserophero hamroserophero
    • २६ फाल्गुन २०८२ मंगलवार
    यसवर्षको पीएम कप चैत ७ देखि

    २६ फागुन- काठमाडौं,  यसवर्षको प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत ७ गतेदेखि सुरु हुने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता चैत गतेदेखि वैशाख ४ गतेसम्म हुनेछ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला, मूलपानीस्थित माथिल्लो क्रिकेट मैदान, पर्सा र जनकपुरमा आयोजना हुने क्यानले जनाएको छ ।

    प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् ।

    ‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्नेछ ।

     



    hamroserophero hamroserophero    
  • २६ फाल्गुन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP