logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • काँग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

    काँग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

    २ वैशाख-काठमाडौं, नेपाली कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

    कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि आज बसेको कांग्रेस अनुसशासन समितिको बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको हो ।

    कांग्रेस सभपाति गगन थापाले सबैलाई वडावडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका थिए। त्यसअघि उनले सबैको सदस्यता खारेज भएको बताएका थिए।

    त्यसको विरोध गर्दै खड्काले गत चैत ३० मा विज्ञप्ति जारी गरेका थिए। त्यसअघि पनि खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेको भन्दै कांग्रेसले सचेत गराएको थियो। सचेत गराउँदा पनि कार्यवाहक सभापति भनेरै विज्ञप्ति जारी गरेपछि स्पष्टीकरण सोधिएको हो ।

    खड्काले चित्तबुझ्दो स्पष्टीकरण नदिए कारबाही गरिने काँग्रेसले जनाएको छ।



    hamroserophero hamroserophero    
  • २ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP