logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • बालेनको नागरिकता बारे गृह मन्त्रालयमा उजुरी

    • hamroserophero hamroserophero
    • ८ फाल्गुन २०८२ शुक्रबार
    बालेनको नागरिकता बारे गृह मन्त्रालयमा उजुरी

    ८ फागुन -काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकतामा भएको थर परिवर्तनको उजुरी गृहमन्त्रालय सम्म पुगेको छ ।

    गृहमा उनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह उजुरी परेको हो । आज युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

    शाहले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गर्न तथा पाँच वर्ष कैद गर्न तथा एक लाख जरिवाना गर्न पनि सफलले माग गरेका छन् ।

    बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ । उनले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ ।



    hamroserophero hamroserophero    
  • ८ फाल्गुन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP