२६ चैत -काठमाडौं, श्रममन्त्री दीपककुमार साह पदमुक्त भएका छन् ।
आज प्रधानमन्त्री बालेन साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री साहलाई पदमुक्त गरेका हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टीकै सिफारिसमा प्रधानमन्त्री शाहले पदमुक्त गरेको जनाइएको छ। उनी चैत १३ गते मन्त्री नियुक्त भएका थिए।
मन्त्री बन्नुअघि र बनिसकेपछि पनि निरन्तर विवादमा तानिएपछि साहलाई प्रधानमन्त्रीले हटाएका हुन् । साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी–२ बाट निर्वाचित सांसद हुन् ।
उनीमाथि सांसद बन्नुअघि नै एमबीबीएस पास गराउने भन्दै रकम लिएको आरोप छ । यसैगरी मन्त्री बनेको हप्ता दिनभित्र उनले स्वास्थ्य बीमा बोर्डको सदस्यमा आफ्नी श्रीमती जुनु श्रेष्ठलाई नियुक्त गरेपछि थप आलोचना भएको थियो ।
श्रेष्ठ यसअघि चार वर्षका लागि बोर्डको सदस्यमा नियुक्त भएकी थिइन् । तर लगातार ११ वटा बैठकमा अनुपस्थित भएपछि कानूनतः उनको पद स्वत रिक्त भएको थियो । तर साह मन्त्री बनेलगत्तै उनलाई पुर्ननियुक्ति दिएका थिए ।
प्रतिक्रिया