logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • एमाले अध्यक्ष ओलीको पत्थरीको अपरेशन गर्ने मिति तोकियो

    • hamroserophero hamroserophero
    • २९ चैत्र २०८२ आईतवार
    एमाले अध्यक्ष ओलीको पत्थरीको अपरेशन गर्ने मिति तोकियो

    २९ चैत-काठमाडौं,  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन गर्ने मिति तय गरिएको छ ।

    त्रिवि शिक्षण अस्पतालका चिकित्सकको टीमले सबै परीक्षणपछि अपरेशन गर्न समस्या नभएको निर्क्योल गर्दै सोमबारको मिति तय गरेका हुन् ।

    त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको पित्त थैलीमा पत्थरी देखिएको थियो । यसअघि ओलीको स्वास्थ्यमा मल्टिपल समस्या देखिएपछि अपरेशन रोकिएको थियो ।

    चिकित्सकका अनुसार सोमबार विहानसम्म स्वास्थ्य स्थितिमा कुनै समस्या नआए अपरेशन हुने निश्चित छ ।



    hamroserophero hamroserophero    
  • २९ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP