logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • फेवातालको मापदण्डभित्रै गृहमन्त्रीको २० रोपनी जग्गा

    • hamroserophero hamroserophero
    • २२ चैत्र २०८२ आईतवार
    फेवातालको मापदण्डभित्रै गृहमन्त्रीको २० रोपनी जग्गा

    २२ चैत- काठमाडौं । पोखराको फेवाताल किनारको मापदण्डभित्रै गृहमन्त्री सुधन गुरुङको पनि जग्गा भेटिएको छ । तालको उत्तरी क्षेत्रमा रहेको जंगल छेउमा मन्त्री गुरुङका नाममा जग्गा भेटिएको हो ।

    पोखरा महानगरपालिकाले सर्वोच्चको आदेशअनुसार मापदण्डभित्र पर्ने जग्गा खाली गर्ने अभियान थालेको छ । जसमा सुधनको पनि २० रोपनी जग्गा भेटिएको हो । गृहमन्त्री गुरूङले नै पोखरा महानगरका मेयर धनराज आचार्यसँगको कुराकानीमा फेवाताल किनार आफ्नो २० रोपनी जग्गा भएको बताएका थिए।

    गुरूङले आफ्नो जग्गा मापदण्डभित्र पर्ने थाहा पाएपछि आफ्नो जग्गा गए पनि जाओस्, मापदण्ड अनुसार अघि बढ्न निर्देशन दिएका आचार्यले जानकारी दिए ।

    गृहमन्त्री गुरूङले नक्सामा देखाएको जग्गा तालको मापदण्डभित्र मात्र पर्दैन, त्यो दूषित रूपमा दर्ता भएको खुलेको छ। यस्ता दूषित रूपमा दर्ता भएको जग्गाको दर्ता खारेज गर्ने सर्वोच्चको आदेश छ। जग्गाधनीले मुआब्जा पनि पाउँदैनन्।



    hamroserophero hamroserophero    
  • २२ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP